चेल्सीमाथि आर्सनलको ५ गोल: इंग्लिस प्रिमियर लिग

April 24, 2024

वैशाख १२– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीलाई ५–० गोलले हराउँदै आर्सनलले जित निकालेको हो ।

आर्सनलका लागि बेन ह्वाइट र काइ हाभार्ट्जले दुई–दुई तथा लेआन्द्रो ट्रोसार्डले एक गोल गरेका थिए ।

आर्सनलका ट्रोसार्डले खेलको चौथो मिनेटमा सुरुवाती गोल गरेका थिए । यस्तै, ह्वाइटले ५२औँ र ७०औँ तथा हाभार्ट्जले ५७औँ र६५औँ मिनेटमा गोल गर्दै आर्सनललाई ५–० गोलको जित दिलाए ।

आर्सनल ३४ खेलबाट ७७ अंक जोडेर तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित भएको चेल्सी ३२ खेलबाट ४७ अंकसहित नवौँ स्थानमा छ । यस्तै, दोस्रो स्थानमा रहेको लिभरपुलको ७४ अंक छ ।