कालिका-८ का किशोरी र गर्भवती महिलालाई पोषण, प्रजनन र स्वास्थ्य सम्बन्धी सचेतना

May 5, 2024

रत्ननगर, बैशाख २२- चितवनको कालिका नगरपालिकाले विद्यालय बाहिर रहेका किशोरी र गर्भवती महिलाहरूलाई पोषण, प्रजनन र स्वास्थ्य सम्बन्धी कार्यक्रम गरेको छ ।

कालिका नगरपालिकाको आयोजनामा कालिका वडा नं. ८ मा रहेका १७ वटा टोल विकास संस्थाहरुका ७५ जना किशोरी र गर्भवती महिला पोषण, प्रजनन र स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिईएको हो । नगरका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले पोषण, प्रजनन, सुरक्षित, गुणस्तरीय, सर्वसुलभ, पहुचयोग्य बनाउन सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

सामाजिक विकास समितिका संयोजक तथा कालिका वडा नं. ६ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख तामाङले गर्भावस्था र स्तनपान गराउने बेलामा उचित पोषण भएन भने आमाको स्वास्थ्य तथा जन्मने नवशिशुको स्वास्थ्यमा पनि प्रतिकूल असर पर्ने तर्फ सहभागिहरुलाई सचेत गराउनुभयो ।

गर्भमा रहेको शिशुले आफ्नो आमाले खाएको खानाबाट नै पौष्टिक तत्व पाएर हुर्कन्छन् । गर्भधारणदेखि नै आमाले दिनहुँ खाने साविक खानाका साथै एक पटक थप पौष्टिक तथा सन्तुलित खाना खान उहाले सुझाव दिनुभयो ।

विद्यालय बाहिर रहेका किशोरीहरुले उमेर नपुगीकन विवाह गरेमा मानसकि र शारिरीक रुपमा पीडाको सामना गर्नुपर्ने बताउनुभयो । “उमेर पुगेर परिपक्क अवस्था भईसकेपछि मात्रै विवाह गर्नुपर्छ, तब मात्र मानसकि र शारिरीक रुपमा सक्षम भईन्छ ।” उहाँले भन्नुभयो ।

बाल विवाह कानुनी अपराध रहेको भन्दै उहाँले यदी कसैले बाल विवाह गरेको पाईएका विवाह गराउने र गर्ने दुवै पक्षले कानुन अनुसारको सजाए भोग्नु पर्ने बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतमले गर्भवती महिलाहरुले पेटभित्र रहेका सन्तानका लागि पोषण युक्त खाना खानुपर्ने सुझाव दिनुभयो । खाना खादा खेरि मात्रा मिलाएर खान सकेमा आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो रहने बताए ।

नेपालमा पोषण अभावका कारण मातृ शिशु मृत्युदर, बाल शिशु मृत्युदर बढिरहेको बताउदै केही हदसम्म यो कार्यक्रम मार्फत न्यूनीकरण गर्ने हाम्रो प्रयास रहेको बताउनुभयो ।

कालिका वडा नं. ८ का वडा अध्यक्ष चित्र वहादुर मगरले गर्भा अवस्थामा आमाले पौष्टीक आहार प्रशस्त मात्रामा खान पाएमा शिशु निरोगी र तन्दुरुस्त जन्मने भन्दै गर्भवती महिलाहरुले समय समयमा नियमित स्वास्थ्य जाँच गराउनुपर्ने बताउनुभयो ।

सामाजिक विकास समितिका संयोजक तथा कालिका वडा नं. ६ का वडा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यपालिका सदस्य शान्ति महतो, गीता मगर, सुनिता परियार लगाएतको सहभागीता रहेको थियो ।

महिला तथा बालबालिका निरिक्षक सबिना श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख सम्झना ढकाल दवाडीले स्वागत मन्तव्य राख्नुभएको थियो ।