जेसीज सप्ताहमा सार्वजनिक जग्गामा बृक्षारोपण

May 5, 2024

रत्ननगर,बैशाख २३- रत्ननगर नगरपालिका वडा नं ४ ले संरक्षण गरेको सार्वजनिक जग्गामा आइतबार बृक्षारोपण गरिएको छ ।

रत्ननगर जेसीजले जेसीज सप्ताहको पाँच दिन बाताबरण संरक्षणको लागि सार्वजनिक जग्गामा बृक्षारोपण गरेको हो । वडा कार्यालयसंग सहकार्य गरी खुल्ला व्याम सेन्टर रहेको क्षेत्रलाई हरियाली बनाउने उद्देश्यले बृक्षारोपण गरिएको रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष रामकुमार चौधरीले सार्वजनिक जग्गा संरक्षण र खुल्ला ब्याम सेन्टरलाई हरियाली बनाउन जेसीजसंग सहकार्य गरेर बृक्षारोपण गरिएको बताए ।

सार्वजनिक जग्गामा फोहोर फाल्ने प्रबृति मौलाउदै गएको भन्दै उनले त्यसलाई रोक्न बृक्षारोपण गरिएको उनले बताए ।

कार्यक्रममा जनप्रतिनिधि, जेसीजका पदाधिकारी तथा सदस्यहरुले विभिन्न जातका विरुवाहरु रोपेको रत्ननगर जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा सप्ताह मुल संयोजक रामप्रसाद पाण्डेले जानकारी दिए ।

कार्यक्रममा वडा सदस्यहरु विश्वास रायमाझी, बविता चौधरी, आस्मा खातुन, मीना विक, पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा, सामाजिक अभियान्ता ज्ञानेन्द्रराज पाण्डे लगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक दीपक आाचार्यले जानकारी दिए ।

रत्ननगर जेसीजका अध्यक्ष पुरीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव सुरेशजंग पाण्डेले सञ्चालन गरेका थिए ।

रत्ननगर जेसीजले जेसीज सप्ताह तथा रजतजयन्तीको अबसरमा रत्नविज समिट लगाउत समाज केन्द्रीत विभिन्न कार्यक्रम गरेको छ ।