काठमाडौं,जेठ ९-
भारतका स्वास्थ्य मन्त्री डा. हर्षबर्धन विश्व स्वास्थ्य संगठन(WHO) का अध्यक्षको रुपमा चयन भएका छन।
३४ सदस्यीय कार्यकारी बोर्डमा उनी अध्यक्ष चयन भएका हुन ।
उनले आजै देखि आफ्नो पदभार सम्हालेका छन् ।
१९४ देशको World Health Assembly विश्व स्वास्थ्य सम्मेलनमा उनी मंगलबार निर्विरोध चयन भएका थिए । यस अघि अध्यक्षमा जापानका हिरोकि नकतानि रहेका थिए ।
सम्मेलनबाट कार्यकारी बोर्ड चुनिन्छ । बोर्डका अध्यक्ष फरक फरक ग्रुपमा विभाजन गरेर दिने गरिन्छ । श्रोतका अनुसार गत वर्ष नै भारतलाई यो पद दिने टुंगो लागेको थियो ।
यस बोर्डले कुनै पनि सम्मेलनबाट पारित भएको नीतिलाई सदस्य राष्ट्रहरुमा समान ढंगले लागु गर्ने काम गर्दछ।