काठमाडौंँ,जेठ ९-
आज(शुक्रबार)साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ जना पुरुष र २ महिलामा कोरोना संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार थपिने संक्रमित हुनेहरुमा मकवानपुर हेटौंडा-३ की ५४ वर्षीया एक महिला, भक्तपुर-९ की ४२ वर्षीया महिला, सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष छन्।
त्यस्तै थप संक्रमितमा बारा सिमरनगढका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष छन्। थपिएका सबै संक्रमितको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
साँझ थपिएका ९ सहित शुक्रबार ५९ जनामा कोरोना संक्रमण देखिएको छ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ।
प्रकाशित मिति: