बझाङमा एक घण्टा ढिलोगरी मतगणना सुरु

April 28, 2024

काठमाडौँ, वैशाख १६- बझाङ प्रदेशसभा (१) को मतगणना सुरु भएको छ । दिउँसो एक बजेदेखि सुरु गर्ने भनिएको मतगणना २ बजेमात्र सुरु भएको हो । 

छबिसपाथिभेरा गाउँपालिकाको वडानम्बर १ र २ बाट मतगणना सुरु गरिएको हो ।  शनिबार सम्पन्न उपनिर्वाचनमा बझाङमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो । प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन् ।