सौराहालाई पर्यटन क्षेत्र घोषणाको लागि गृहमन्त्रीलाई ध्यानर्कषण पत्र

May 12, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर, वैशाख ३०– सौराहाका पर्यटन व्यवसायीहरुलाई सौराहालाई पर्यटन क्षेत्र घोषणाको लागि गृहमन्त्री रवि लामिछानेलाई ध्यानर्कषण पत्र बुझाएका छन् ।

मुलुकको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा स्थापित सौराहालाई सरकारले अहिले सम्म पर्यटन क्षेत्र घोषण गरी पूर्वाधार निर्माणको काम अगाडि बढाउन नसकेको भन्दै व्यवसायीहरुले गृहमन्त्रीले सरकारी पहल थालनीको लागि ध्यानर्कषण पत्र बुझाएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

क्षेत्रीय होटल संघ चितवन सौराहा, रेष्टुरेन्ट एण्ड बार एशोसियसन रेवान सौराहा, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, नेचर गाइड एशोसियसन, वर्ड एजुकेशन सोसाइटी र साना पर्यटन व्यवसायी संस्थाले सयुक्त रुपमा गृहमन्त्री लामिछानेलाई ध्यानर्कषण पत्र बुझाएका हुन् । रेवान सौराहाका अध्यक्ष धु्रव गिरीको नेतृत्वमा भरतपुरमा गृहमन्त्री लामिछानेलाई ध्यानर्कषण पत्र बुझाइएको हो । पर्यटकीय नगरी सौराहा सहित समग्र चितवनलाई पर्यटन क्षेत्र घोषणाका लागि कैयौं पटक ध्यानाकर्षण गराउँदा पनि आश्वासन मात्र पाइएको तर अहिले सम्म राज्यको निकायबाट सो सम्बन्धि कुनै कारवाही अगाडि नबढेकाले सम्बन्धित मन्त्रालय मार्फत पर्यटन क्षेत्र घोषणाका लागि आवश्यक पहल तथा समन्वय गर्न ध्यानर्कषण पत्रमा आग्रह गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

कोरोनापछि पर्यटन क्षेत्र पर्ख र हेर को अवश्थामा रहेको उल्लेख गर्दै पत्रमा पर्यटन क्षेत्र घोषणा भए सौराहाको पर्यटन चलायनमान हुने विश्वास व्यक्त गरिएको छ । सौराहा तथा समग्र चितवन भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटकहरु पूर्ण रुपमा सुरक्षित भई सौराहा तथा चितवन भ्रमण गरि फर्किने वातावरण सृजना गर्न सौराहा स्थित बछौली प्रहरी चौकी कार्यालयलाई साधन श्रोतको सुविधा सम्पन्न तथा चुस्त दुरुस्त गराई शान्ति सुरक्षा व्यवस्था कायम गर्न, पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता प्रदान गर्न, समग्र चितवन बासी तथा पर्यटन प्रवद्र्धनको लागि रात्रीकालिन हवाई उडानको व्यवस्था गरिदिन गृहमन्त्रीलाई आग्रह गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

चितवन राष्ट्रिय निकुञ्ज प्रवेशमा पर्यटकहरुलाई लिइने पार्क टिकटको एक दिनको समयावधि अत्यन्तै कम भएको हुँदा यसलाई लम्बाई कम्तीमा ५ दिन सम्म लागु गर्न आग्रह गर्दै व्यवसायीहरुले जसबाट हाल जम्मा भई रहेको राजश्व संकलनमा उल्लेख्नीय वृद्धि हुने विश्वास समेत दिलाएका छन् । सौराहामा १५० वटा होटल तथा १०० भन्दा रेष्टुरेण्ट त्यसै गरि सफारीमा प्रयोग हुने ६० वटा हात्ती व्यवसायी र लगभग ४८० जना पथप्रदर्शक लगायत ४५०० जना प्रत्यक्ष कर्मचारीहरुले रोजगार, १५० भन्दा बढि साना पर्यटन व्यवसायीहरुले आफ्नो व्यवसाय संचालन गर्दै आएका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -