स्मल हेभेन स्कुल बस आगजनीको जिम्मा अनेरास्ववियु (क्रान्तिकारी)ले लियो

May 12, 2024
- ADVERTISEMENT -

भरतपुर, वैशाख ३०– स्मल हेभेन स्कुल बस आगजनीको जिम्मा अनेरास्ववियु (क्रान्तिकारी)ले लिएको छ । उक्त संगठनको संयोजक सुमनाले एक विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएको बताएकी हुन् ।

कांग्रेसका नेता उमेश श्रेष्ठले सञ्चालन गर्दै आएको स्मल हेभेन स्कुलले चर्को शुल्क असुल्ने, अभिभावकहरुलाई शोषण गर्दै आएको हुदाँ पटकपटक चेतावनी दिँदासमेत प्रवाह नगरेको हुँदा अखिल (क्रान्तिकारी) चितवनद्दारा स्मल हेभेन बसमाथि चेतावनी पुर्वक कारवाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भरतपुर महानगरपालिका–२०, दद्रेनीमा सडकमा गुडिरहेको स्मल हेभन इङ्लिस बोर्डिङ स्कुल कल्याणपुरको बागमती प्रदेश– ०६-००१ क ०४५ नम्बरको बसमा अज्ञात समूहले आइतबार बिहान आगजनी गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

बिहान करिब ८ः०० बजेको समयमा विद्यार्थी लिन गएको सो बसमा तीन वडा मोटरसाइकलमा आएका ६ जना अज्ञात समूहले दद्रेनी पुलमा बस रोकेर त्यहाँ रहेका विद्यार्थी र बस स्टाफलाई उर्तादै मोबाइल नियन्त्रण लिएर बसमा आगो लगाइ भागेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

घटनामा संलग्न कोही पनि हालसम्म पक्राउ नपरेको चितवन प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -