गायक राजु लामाले गरे सगरमाथा आरोहण

0
187

काठमाडौँ, वैशाख २- गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् ।

बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए । उक्त दलमा नेपाल, चीन, अष्ट्रेलिया, रुस र पाकिस्तानका आरोही सहभागी थिए ।

जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामा सर्वोच्च शिखर चढेका हुन् । लामा चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिस्ट समेत हुन् भने उनी पछिल्लो समय वातावरणीय अभियानमा सक्रिय छन् ।

आरोहण दलको नेतृत्व गरेका मिङ्मा जीले भने अक्सिजनबिनै चुचुरो चढेका थिए । राजुले यसअघि ६ हजार ५ सय ७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट समेत गरेका थिए ।

जलवायु संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरोजस्ता प्राकृतिक विपतले ल्याएको जोखिमबारे आफूले हिमाल बढेको लामाले बताएका थिए ।