गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बागमती प्रदेशले ३ करोड अनुदान दिने

0
101

हेटौंडा,भदौ ३१-

चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले धुर्मुश–सुन्तली फाउन्डेसनलाई तीन करोड दिने निर्णय गरेको छ । प्रदेश सरकारको सशर्त अनुदान स्वरुप आर्थिक बर्ष २०७७/०७८ का लागि अनुदान रकम दिन लागेको हो ।

कोरोना (कोभिड १९) को संक्रमणको अवस्थामा पनि निरन्तर रंगशाला निर्माण गरिरहेको भन्दै प्रदेश सरकारले धुर्मुस सुन्तली फाउण्डेशनको प्रशंसा गरको छ । रंगशाला निर्माणको काम तीब्र गतिमा होस भन्ने उदेश्यले प्रदेश सरकारले सहयोग गर्न लागेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो ।

गतबर्ष प्रदेश सरकारले रंगशालाका लागि विनियोजन गरेको पाँच करोड रुपैंया फ्रिज भएको थियो । यसबर्ष पनि कुन विधिमार्फत फाउण्डेशनलाई रकम उपलब्ध गराउने बहस भइरहेका बेला प्रदेश सरकारले अनुदान दिन लागेको हो ।

यस्तै बुधबार नै बसेको मन्त्री परिषदको बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र संचालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली, प्रदेश पुर्वाधार बिकास साझेदारी नियमावलीको दोस्रो संसोधन स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुङ्गेलले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here