नेपाली कांग्रेसको १४औँ महाधिवेशन : रत्ननगर नगर समितिको सभापतिमा प्रल्हाद सापकोटाको उम्मेद्वारी घोषणा

0
166

चितवन,असोज ०६ – नेपाली कांग्रेस रत्ननगर नगर समितिको सभापति पदमा प्रल्हाद सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् ।रत्ननगरमा आज(बुधबार)आयोजित १४औँ महाधिवेशन अन्तर्गत असोज ९ गते हुने नगर अधिबेशनको उम्मेदवारी घोषणा कार्यक्रममा सभापति पदका युवा उम्मेदवार सापकोटाले कांग्रेसलाई एकतावद्ध र बलियो पार्टी बनाउन आफूले उम्मेदवारी दिएको बताएका हुन ।सो कार्यक्रममा बोल्दै उनले छिन्न भिन्न अवस्थामा रहेको पार्टीलाई एकतावद्ध बनाउँदै रत्ननगरमा नेपाली कांग्रेसलाई पहिलो नम्वरको पार्टी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।आफू नगर सभापति निर्वाचित भएपछि कुनै पनि दोहोरो भूमिका हुने गरी पदीय हैसियतमा नरहने समेत उनले घोषणा गरेका छन् ।आफू नगर सभापति भए पछी स्थानिय निर्वाचनमा उम्मेद्बार नबन्ने समेत बताए । साथै स्थानीय, प्रदेश र संघको निर्वाचनमा पराजित कांग्रेसको साखलाई आफू सभापति भएपछी उचाइमा पुर्याउने समेत सापकोटाले बताए ।

रत्ननगरका युवा, महिला, पुराना नेता एवम् सम्पूर्ण कार्यकर्ताहरूको भावना अनुसार आफूले उम्मेदवारी दिएको बताउँदै उनले आफ्नो जीत सुनिश्चित प्रायः भएको समेत बताए । पटक–पटक एकै व्यक्तिले पार्टीको नेतृत्व सम्हाल्दा नेतृत्व प्रति नै कार्यकर्ताको विश्वास घटेकाले आफूमा दोहोर्याएर समेत सभापति हुने चाहना नरहेको उनले बताए ।पार्टी सबैको हो र सबैले पार्टीमा अवसर पाउनुपर्छ भन्ने भावनाले आफूले पार्टीको रत्ननगर नगर सभापति पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

उनले पार्टीका अग्रज तथा कार्यकर्ताहरूको भावना अनुसार रत्ननगरमा कांग्रेसलाई अगाडि बढाउन पनि आफ्नो उम्मेदवारी रहेको बताए ।

उम्मेदवार घोषण संगै सापकोटाले काँग्रेसलाई बलियो बनाउदै जनतामाझ लोकप्रिय बनाउने सहितका १४ बुँदे प्रतिबद्धता प्रस्तुत गरेका छन् ।

सो कार्यक्रममा उपसभापतिका उम्मेदवारद्वय केदारमान वाईबा र शिवकान्त पौडेल, सचिव विरेन्द्र चौधरी, सह–सचिवद्वय अमृत मल्ल र गोविन्द भट्टराईले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।त्यसैगरी ,नगर कार्यसमिति सदस्यमा सुर्य विक्रम चौधरी, जनार्दन सिंखडा, निलु खतिवडा, देवराज महतो, सत्यनारायण चौधरी, दिपु श्रेष्ठ, संजिव बस्नेत, लक्ष्मी चौधरी, निरज अधिकारी, जित बहादुर सिंतान, हरि लामिछाने, सुनिता बगाले पौडेल, रामकृष्ण पन्त, रामचन्द्र दुवाडी लगायतले पनि उम्मेदवारी घोषणा गरेका छन ।

काँग्रेस नेता छविलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु शुशीला उप्रेती,उत्तम आचार्य,बासुदेव ढुंगाना लगायतले मन्तव्य राखका थिए ।

अधिबेशनमा वडागत रुपमा निर्वाचित भएर आएका क्षेत्रीय प्रतिनिधि र वडा सभापति गरी ४२३ जनाले मतदान गर्ने छन् ।