नारायणी अस्पताललाई अमेरिकामा बस्दै आएका नेपालीहरुबाट स्वास्थ्य सामाग्री सहयोग

0
259

रामधुनी,जेठ ८- अमेरिकामा बस्दै आएका नेपालीहरुको एक संस्था मधेसी एशोसियसन ईन अमेरिका क्यार्लिफोर्नीया अध्यायले वीरगन्जको नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

मधेसी एशोसियसन ईन अमेरिका क्यार्लिफोर्नीया अध्यायले नारायणी अस्पताललाई सेमीभेन्टिलेटर बी प्याप एक थान, अक्सिमिटर २० थान, थर्मलगन २० थान र डिजिटल बीपी सेट २० थान सहयोग गरेको हो ।

अमेरिकाबाट पठाइएका ती स्वास्थ्य सामाग्री सामाजिक अभियन्ता ओम प्रकाश सर्राफले नारायणी अस्पतालका निमित्त मेसु डाक्टर वीरेन्द्र प्रधानलाई हस्तान्तरण गरेका छन् ।

नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचार स्वास्थ्य सामाग्रीको अभाव भएको चिकित्सकले बताएपछि आफुले पहल गरेको र संस्थाका अध्यक्ष दिनेश साहले अमेरिकाबाट करिब ४ लाख मुल्य बराबरको ती स्वास्थ्य सामाग्री पठाइदिएको सामाजिक अभियन्ता सर्राफले जानकारी दिए ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नारायणी अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंह, डाक्टर सरोज रोशन दास, नर्सीङ इन्चार्ज अहेमा थापाको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्