पुर्व पश्चिम राजमार्गको बर्दघाटमा बस दुर्घटना, ४ को मृत्युु

0
266

नवलपरासी, जेठ ५-
पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने नवलपरासी जिल्लाको बर्दघाट दाउन्ने सडकखण्डको सिस्नेखोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको छ ।
काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको हो । बस घटनास्थलबाट २०० मिटर तल खसेको र निकै अप्ठेरो ठाउँमा भएकाले उद्धार कार्यमा समस्या भएको बताईएको छ।
दुर्घटनामा अहिलेसम्म ४ जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउने मध्ये रुकुम पश्चिम घर हुने २७ वर्षीय कल्पना पुनको सनाखत भएको छ भने बाकी ३ जनाको सनाखत नभैसकेको ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका ट्राफिक प्रहरी निरीक्षक बासु नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बसमा अन्दाजी ४५ यात्रु रहेको र ति मध्ये ३५ जना भन्दा धेरै घाइतेहरुलाई घटनास्थलबाट उद्दार गरि केहिलाई बुटवल र केहिलाई स्थानीय चिसापानी अस्पतालमा पठाईएको छ ।
घटनाबारे थप जानकारी आउन बांँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्