भरतपुरमा ट्रककाे ठक्करबाट गैडाकाेटकि युवतिकाे मृत्यु

0
236

भरतपुर,फागुन ०५- पूर्ब पश्चिम राजमार्गको हाकीमचोकमा स्कुटरलाई ट्रकले ठक्कर दिदाँ एक युवतिकाे  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा नम्बर १ की २१ वर्षिया गिता शर्मा चालिसे रहेकी छन् ।

हाकीमचोकबाट गोन्द्राङ तर्फ जाँदै गरेको बा ४८ प ८७३१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–००१ क ०१९७ नम्बरको ट्रकले आज दिउँसो ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते चालिसेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको कार्यालयले जनाएको छ । दुर्घटना दिउँसो १ः५० वजे भएको हो । घाईते चालिसेको २ः ५ वजे मृत्यु भएका हो । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्