मकवानपुरमा भयानक मोटरसाइकल दुर्घटना,एकको मृत्यु

0
150

मनहरी,फागुन ७- मनहरी ८ सिम्पानीमा भयानक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । बिहिबार साँझ मालबाहक ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको हो । हेटौडाबाट नारायणगढ जाँदै गरेको ना ६ ख ३४२७ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ४५ प २४५ नं को मोटरसाइकललाइ ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा चालक मनहरी ९ ज्यामिरेका जनक ढकालको ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई लोथर पुगेपछि नियन्त्रणमा लिइएको थियो ।
घटनापछि स्थानीयले केहि बेर राजमार्ग अवरुद्धसमेत गरेका थिए । मृतकको शव परिवारले बुझेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्