भरतपुर भ्रमण वर्ष: देवघाट-हलेसी-सगरमाथा मोटर र्‍याली आजदेखि सुरू

April 17, 2024

नारायणगढ, वैशाख ५- देवघाट–हलेसी–सगरमाथा मोटर र्‍यायाली आजदेखि सुरू भएको छ । नेपाल अटोमोबाइल एशोसिएसन (नासा) बागमती प्रदेश र चितवन अटोमोबाइल डिलर्स एशोसिएसन (काडा) ले मोटर टुरिज्म तथा मोटर स्पोट्र्स प्रवर्द्धन गर्ने उद्देश्यका साथ संयुक्तरुपमा अटो जिमखाना एवं मोटर ट्युरिङ एन्ड टिडिएस (याली (प्रतियोगिता) सुरूआत गरेका हुन् ।

दुई रात, तीन दिनसम्म चल्ने र्‍यालीको भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले भरतपुर भ्रमण वर्षलाई सफल बनाउन यस प्रकारका कार्यक्रम निकै महत्वपूर्ण हुने र दुई धाम जोड्ने हिसाबले आयोजना भएको मोटर र्‍यालीले यी क्षेत्रको विकास तथा प्रवर्द्धनमा थप टेवा पुग्ने बताउनुभयो ।