एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई

April 17, 2024

काठमाडौं, वैशाख ५- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईको सामना गर्ने भएको छ । बुधबार समुह चरणका खेल सकिएसँगै युएई समुह बी मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालको प्रतिद्धन्दी बनेको हो ।नेपाल समुह ए मा अपराजित रहदै समुह विजेता बनेको छ ।

त्यस्तै अर्को सेमिफाइनलमा आयोजक ओमानको सामना हङकङसँग हुने भएको छ । ओमान समुह बी मा समुह विजेता बनेको छ ।

ओमानले समुह चरणका चारै खेल जितेर अपराजित रहदै समुह विजेता बनेको छ भने हङकङले ४ खेलमा २ खेल जितेर ४ अंकसहित समुह बी को उपविजेता बनेको छ ।अब सेमिफाइनलका खेलहरु शुक्रबार हुने छन् ।

आज नै भएको खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको थियो । गएराती आएको वर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८ ओभर खेलाइएको थियो ।

साउदी अरबले दिएको ७४ रनको लक्ष्य पछाएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि गुलशन झाले सर्वाधिक ३२ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए त्यस्तै कप्तान रोहित पौडेलले अविजित १६ रन बनाए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो ।

प्रतियोगितको विजेता टोली एसिया कपमा छनोट हुने छ ।