सिएमसीको क्यान्टिनमा युवक बेहोस अवस्थामा फेला

April 15, 2024

भरतपुर,बैशाख ३- भरतपुर महानगरपालिका वडा नं-१० स्थित नयाँ मेडिकल कलेज (सिएमसी)को क्यान्टिनमा एक पुरुष बेहोस भएका छन् ।

दोलखाको मेलुङ गाउँपालिका वडा नं-८ घर भई हाल नयाँ मेडिकल कलेजका क्यान्टिनमा विगत तीन महिनादेखि काम गर्दै आएका ३४ वर्षीय रामकुमार कार्की भान्सा कोठामा एक्कासि बेहोस भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुरमा पठाइएको र निजका आफन्तलाई खबर गरिएको प्रहरीले जनाएको छ ।