हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने 

April 12, 2024

काठमाडौं, चैत ३०- संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय भएको छ ।  सरकारले संसद्को अधिवेशन अन्त्य गर्ने  निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बताइएको छ । मन्त्रिपरिषद् बैठक अगाडि सत्ता सहयात्री दलका नेता एकाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको थियो ।

वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।
कांग्रेसले निरन्तर प्रतिनिधि सभा बैठकमा अवरोध गरेपछि सत्ता सहयात्री दलले छिटै अधिवेशन अन्त्य गरेको बुझिएको छ ।