जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरद्वारा वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

0
65

चितवन, असार २६-पूर्वी चितवनस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरले आफ्नो वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ ।

आज (शनिबार) रत्ननगरमा सरोकारवाला निकायका ब्यक्तिहरुसँगको उपस्थितिमा जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र रत्ननगरले वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको हो ।

सो समिक्षा कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सांसद कृष्ण खनालले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरले पछिल्लो समय उत्कृष्ट कार्य गरेकोमा धन्यवाद दिए । उनले आफुहरु नेता भएकाले नेताले गर्ने काम भनेको आएको योजनालाई बजेट बिनियोजन गर्न मद्दत गर्ने भएको तर जसको लागि संस्थाबाट योजना आएमात्र संभव हुने जिकिर गरे ।

उनले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरलाई प्रदेशकोनै उत्कृष्ट आयुर्वेद स्वास्थ्य केन्द्र बनाउन आफु प्रतिबद्ध रहेको बताए ।

कार्यक्रमका सभाअध्यक्ष तथा संस्थाका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेदलाई पहिलो प्राथमिकतामा राख्नुभएको बताउदै जनताको माझ आयुर्वेद सेवालाई प्रभावकारी बनाउन आफु लागि पर्ने बताए ।

कार्यक्रमका सञ्चालक तथा निमित्त कार्यालय प्रमुख डाक्टर देबेन्द्र कुमार यादवले आर्थिक वर्ष ०७७/०७८ को वार्षिक समिक्षा तथा आगामी योजनाहरु प्रस्तुत गरेका थिए ।

उनले संस्थाको उद्देश्य भनेको हालको आयुर्वेद स्वास्थ्य केन्द्रको स्तर उन्नति गरि ५० वेडको प्रदेश आयुर्वेद अस्पताल बनाउन र प्रदेश स्तरिय आयुर्वेद औषधि प्रशोधन केन्द्र वैद्यखाना सञ्चालनमा ल्याउने रहेको बताए ।

सो कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले नगरको गहनाको रुपमा रहेको आर्युवेद स्वास्थ्य केन्द्रलाई उत्कृष्ट अस्पताल बनाउन सबै सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।

सो कार्यक्रममा चितवनका प्रत्येक नगरका वडा अध्यक्षहरु, जनस्वास्थ्य प्रवद्धन शाखाका संयोजकहरु, जिल्ला स्थित प्रत्येक आयुर्वेद औषाधालयका प्रमुख एंव नागरिक आरोग्य सेवा केन्द्रका वैद्य र राजनितिक प्रतिनिधि, भरतपुर नगरपालिका अन्र्तगतका ६ वटा आयुर्वेद औषाधालयका तर्फबाट जनस्वास्थ्य प्रवद्धन शाखाका प्रतिनिधि, माडी र विरेन्द्रनगरमा रहेका स्वास्थ्य केन्द्रबाट निमित्त कार्यालय प्रमुख लगाएतको उपस्थिति रहेको थियो ।