भरतपुरमा आगलागी बाट ४० लाखको क्षती

0
236
चितवन,बैशाख २७-  भरतपुर महानगरपालिका १० स्थित प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा ४० लाखको क्षती भएको छ । आज (सोमबार) साँझ एक्कासी आगलागी हुँदा अनुमानित ४० लाख बराबरको क्षती भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट बैंकको १० थान कम्प्यूटर, १० थान बिभिन्न किसिमका प्रिन्टर, २ स्थान फोटोकपी मेसिन, टेलिफोन सेट, पैसा गन्ती गर्ने मेसिन, २ थान एसी मेसिन, स्टेटमेन्ट प्रिन्टर मेसिन, टोकन मेसिन, स्क्यानर मेसिन, पंखा, हाँजिर गर्ने मेसिन र फेक नट डिटेक्टर मेसिन जलेर नष्ट भएको छ ।

यस्तै सिसी क्यामेरा, काउण्टरमा राखिएको डिस्प्ले, बिजुलीको मिटर, कुर्सी, टेबुल, फाइल र्याकक, स्टोर र्यासक समेत गरी ४० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बैंकमा आज अपरान्ह एक्कासी आगलागी भएको थियो ।

नेपाल प्रहरी, सेनाको कालि बहादुर गण भरतपुर, भरतपुर महानगरपालिकाको दम्कलको सहयोगमा आगो साँझ सवा ६ बजे पूर्ण नियन्त्रणमा आएको थियो । विद्युतको तार सट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्