साउनमा तीन अर्ब ७५ करोड राजस्व सङ्कलन

August 25, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वीरगञ्ज (पर्सा), भदौ ९- सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा रु तीन अर्ब ७५ करोड राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा रु चार अर्ब ७३ करोड ३१ लाख ४५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले सो अवधिमा लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात् रु तीन अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको पहिलो महिनामा राजस्व सङ्कलन उत्साहजनक देखिएको दाबी गर्नुभयो । “चालु आवको साउनमा राजस्व सङ्कलनमा औसतमा उत्साहजनक देखिएको छ । भदौको समग्र राजस्व सङ्कलनले आगामी दिनको दिशानिर्देश गर्नेछ”, उहाँले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

भन्सार विभागले कार्यालयलाई गत आवको साउनमा रु चार अर्ब २४ करोड ६३ लाख ३५ हजार लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९६ दशमलव ०१ प्रतिशत अर्थात् रु चार अर्ब सात करोड ६९ लाख ९५ हजार राजस्व सङ्कलन गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यालयको गत आवको साउनको तुलनामा चालु आवको साउनमा राजस्व सङ्कलन रु ३२ करोड ४७ लाख ८४ हजारले घटेको छ । प्रमुख भन्सार अधिकृत बरुवालले गत आवको साउनको तुलनामा चालु आवको साउनमा समग्रमा राजस्व सङ्कलनमा केही कमी आएको बताउनुभयो । कार्यालयले आव २०७९/८० को साउनमा भने रु तीन अर्ब ६१ करोड ८५ लाख दुई हजार राजस्व सङ्कलन गरेको थियो । रासस

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -