पर्साढापबाट ५० बोरा युरिया मल बरामद, चालकसहित तीन पक्राउ

April 15, 2024

भरतपुर,बैशाख ३- भरतपुर महानगरपालिका वडा नं-२७, पर्साढापबाट मिनी ट्रकमा लुकाइछिपाइ ल्याइएको युरिया मल बरामद भएको छ ।

नारायणगढबाट गोलाघाटतर्फ आउँदै गरेको नवलपरासी वर्दघाट नगरपािलका वडा नं-१५ बस्ने ३९ वर्षीय डिलबहादुर सुनारले चलाई ल्याएको बा ३ ख ४२५१ नम्बरको मिनी ट्रकलाई शंका लागी चेकजाँच गर्ने क्रममा अवैधरुपमा लुकाइछिपाइ ल्याएको ५० बोरा भारतीय युरिया मल बरामद गरेको छ ।

चालकसहित तीन जनालाई नियन्त्रणमा लिइएको र मिनी ट्रकसहित युरिया मल बरामद गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।