अमेरिकाको लस एन्जलसमा १० हजार एकडमा फैलियो डढेलो

January 9, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अमेरिका, पुस २५- अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ५ जनाको मृत्यु भएको छ। लस एन्जलस सेरिफको कार्यालयले यसको पुष्टि गरेको हो।

वनमा लागेको आगलागीका कारण अन्य तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ। यसअघि अधिकारीहरूले दुई जनाको मृत्यु भएको पुष्टि गरेका थिए।

- ADVERTISEMENT -

Advertisement

यी दुवैको मृत्यु अल्टाडेना क्षेत्रको ईटनमा भएको आगलागीका कारण भएको हो। लस एन्जलस काउन्टी फायर चीफ एन्थोनी मारोनका अनुसार ईटनको आगलागी अहिले १० हजार ६०० एकडमा फैलिसकेको छ र नियन्त्रणमा आउन सकेको छैन।

- ADVERTISEMENT -

Advertisement

उनले भने, ‘दुर्भाग्यवश पाँच नागरिकको मृत्यु भएको छ र केही घाइते भएका छन्। हालसम्म एक हजारभन्दा बढी घर वा भवनहरू क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएका छन्।’

- ADVERTISEMENT -

Advertisement

एन्थोनी मारोनले क्यालिफोर्निया लगायत एरिजोना बाहिरका अधिकारीहरू पनि अग्निनियन्त्रकहरूलाई मद्दत गर्न आएको बताएका छन्।

- ADVERTISEMENT -

Advertisement

लस एन्जलसको जंगलमा लागेको आगो लगातार फैलिरहेको छ। आगलागी फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै यहाँ आपतकाल घोषणा गरिएको छ र सर्वसाधारणलाई चेतावनी दिइएको छ। एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -