रुकुमपूर्वमा जिप दुर्घटना, चार जना घाइते

January 9, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रुकुमकोट, पुस २५- रुकुम पूर्व जिप दुर्घटना भएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ धारापानीमा जिप दुर्घटना भएको हो ।

पोखराबाट रुकुमपूर्वको सदरमुकाम रुकुमकोट आउँदै गरेको ग १ ज ७१०८ नम्बरको जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका ५ का २२ वर्षीय प्रेम कामी, सोही स्थानका जिप चालक २१ वर्षीय जुतेस शेर्पाली, बारा घर भएका १८ वर्षीय सर्पराज देवा र बाराकै १८ वर्षीय चन्द कुमार देवा घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -