भरतपुर,पुस २४ – मोटरसाइकलमा ध्वनि प्रदूषण गराउने पार्टपुर्जा हाल्दै गर्दा मोटरसाइकल वर्कशपका कामदारलाई चितवन प्रहरीले पक्राउ गरेको छ । चितवन ट्राफिक प्रहरीले गत पुस २१ गते तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदुषण गर्ने ३० वटा मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकलको साइलेन्सर पाइप परिवर्तन गरी ध्वनि प्रदूषणमा सघाउने भरतपुर–९ स्थित ग्यासोलिन इन्फिल्ड मोटरसाइकल ग्यारेजमा काम गर्ने २५ वर्षीय अफसर आलमलाई मंगलवार पक्राउ गरेको हो । भारत मोतिहारी घर भई हाल उक्त ग्यारेजमा काम गर्ने उनलाई मोटरसाइकलमा ध्वनी प्रदूषण गराउने पार्टपुर्जा हाल्दै गरेको अवस्थामा पक्राउ गरिएको चितवन प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए ।
- ADVERTISEMENT -

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । ध्वनि प्रदुषण गर्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले बागमती प्रदेशको ऐन अनुसार ७ देखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्दै आएको छ ।
- ADVERTISEMENT -
