नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन चितवनमा पुनः देवकोटा

January 7, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, पुष २३- नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन चितवनको अध्यक्षमा पुनः दधिराम देवकोटा चयन भएका छन् ।

आज नेकपा (एमाले) चितवनको पार्टी कार्यालयको सभाहलमा सम्पन्न संगठनको ३४ औं स्थापना दिवस तथा छैठौं अधिवेशनले सर्वसम्मतबाट देवकोटाको नेतृत्वमा २५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । देवकोटा अध्यक्षमा पुनः दोहोरिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

निर्वाचन समिति अध्यक्ष एवम् एमाले चितवनका सचिवालय सदस्य कृष्ण केसीका अनुसार समितिको उपाध्यक्षहरुमा भेषनाथ चौलागाईं, राजेन्द्र प्रसाद वाग्ले, सचिवमा टुलक दत्त पौडेल, उप सचिवहरुमा रमादेवि भट्ट, शुक्र बहादुर श्रेष्ठ र कोषध्यक्षमा चन्द्र प्रकाश पौडेल चयन भएका छन् । नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन एमाले निकट संगठन हो ।

- ADVERTISEMENT -

Advertisement

स्थापना दिवसका अवसरमा संगठनमा रहेर विशिष्ट योगदान पुराउने १२ जना भूपू सैनिक र सैनिकका परिवारलाई सम्मान गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

स्थापना दिवस तथा अधिवेशनको खुला सत्रमा एमाले चितवनका अध्यक्ष कमल राज पाठक, निवर्तमान अध्यक्ष एवम् प्रदेश कमिटी सदस्य रामप्रसाद न्यौपाने, पूर्व बागमती प्रदेश सभासद कृष्ण भुर्तेल लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -