सुनचाँदी व्यवसायी महिला समूह माडीको अध्यक्षमा श्रीकुमारी विश्वकर्मा सर्वसम्मत

January 6, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अमिर रामदाम,

चितवन(माडी), पुष २२ – सुनचाँदी व्यवसायी महिला समूह माडीको अध्यक्षमा श्रीकुमारी विश्वकर्मा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। सुनचाँदी व्यवसायी महिला समूह माडीको दोस्रो भेलाबाट अध्यक्ष विश्वकर्मा निर्वाचित हुनुभएको हो । सोमबार माडी नगरपालिका वडा नं ३ को सभाहलमा सम्पन्न भेलाबाट विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

- ADVERTISEMENT -

Advertisement

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अन्जु सुनार, उपाध्यक्षमा पुनम ल्वागुन, सचिवमा देवी सुनार, सहसचिवमा शिला वि.क(रामदाम), कोषाध्यक्षमा शर्मिला घताने, प्रवक्तामा अस्मिता गोतामे, कार्यसमिति सदस्यहरूमा लिला सुनार, सुनिता गोतामे, सरू सुनार, रूबिना सुनार, शान्ति सदाशंकर र इन्द्रमाया सुनार चयन हुनुभएको छ । भेलाले कार्यसमिति सदस्य इन्द्रमाया सुनारलाई महिला समूहको लेखा समिति संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै भेलाले सुनचाँदी व्यवसायी महिला समूह माडीको सात सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । समूहको सल्लाहकारहरूमा सरस्वती रामदाम, अम्बिका सुनार, लक्ष्मी सदाशंकर, रजिता सदाशंकर, कोपिला सुनार, पुजा सुनार र मिना सुनार रहनुभएको छ । भेलाले सुनचाँदी व्यवसायी महिला समूह चितवनको आसन्न जिल्ला अधिवेशनमा माडीबाट सीता सुनारलाई प्रतिनिधित्व गराउने निर्णय गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

दुई वर्षे कार्यकालका लागि अध्यक्ष विश्वकर्माको नेतृत्वमा समिति सर्वसम्मत घोषणा भएको निर्वाचन समितिका सदस्य एवम् नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.कले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

नवनिर्वाचित समितिलाई पद तथा गोपनियताको सपथ निर्वाचन समितिका संयोजक एवम् नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेम बहादुर विश्वकर्माले गराउनुभएको थियो। कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य एवम् महिला शसक्तिकरण समितिका संयोजक ऋतु विश्वकर्माले निर्वाचित समितिलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।

नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखा कार्यालय माडीद्वारा संरक्षित सुनचाँदी व्यवसायी महिला समूह माडी वि.सं.२०७३ सालमा गठन भएको थियो। समूहले सुनचाँदी व्यवसायी महिलाको क्षमता विकासका लागि महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको छ ।

सुनचाँदी व्यवसायी महिला समूह माडीको अध्यक्ष बिमला सुनारको अध्यक्षतामा दोस्रो भेला सम्पन्न भएको थियो भने भेलामा समूहकी सचिव अन्जु सुनारले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शर्मिला घतानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा माडी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष पुरन महतो, नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमति प्रदेश उपसभापति यमबहादुर ल्वागुन, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका प्रथम उपाध्यक्ष त्रिलोक भि.के.रामदाम, संघकी तृतीय उपाध्यक्ष शोभा बराली, सुनचाँदी व्यवसायी महिला समूह चितवनकी अध्यक्ष शान्ता थापा वि.क, नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखा कार्यालय माडीका अध्यक्ष कृष्ण गोतामे, माडीका संस्थापक अध्यक्ष कमल रामदाम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -