देवघाटधाममा ईश्वर कृष्णमहाराजको सत्संकल्प र नेतृत्वमा देवघाट महा-महोत्सव हुने

January 6, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, पुस २२- चितवन, तनहुँ र नवलपरासीको संगमस्थल देवघाटधाममा देवघाट महा महोत्सव हुने भएको छ । चर्चीत भागवत वाचक ईश्वर कृष्णमहाराजको सत्संकल्प र नेतृत्वमा माघे सक्रातिको अवसर पारेर यही पौष २४ गतेदेखि ३० गतेसम्म देवघाट महा महोत्सव हुने भएको हो ।

नेपालकै प्रमुख धार्मिक स्थल देवघाटधाममा १ लाख शीला पूजन र देवघाट दिव्यधामको शिलान्यास गर्दै महा महोत्सवको सुरु गरिन लागेको ईश्वर कृष्णमहाराजले जानकारी दिए । विश्व जागरण महाअभियान ट्रस्टको आयोजनामा देवघाट महा महोत्सव २०८१ को आयोजना गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

- ADVERTISEMENT -

Advertisement

निर्माणाधीन माता पिता सेवा आश्रमको सहयोगार्थ देवघाट महामहोत्सव २०८१ गर्न लागिएको महा महोत्सवका संयोजक डा. केशव राज भुर्तेलले बताए । निर्माणाधीन आश्रममा हालसम्म जमिन प्राप्ति लगायतका कार्यहरू पनि सम्पन्न भइ, १२० कोठाको निर्माण अन्तिम चरणमा पुगेको छ, उनले भने, आश्रमसंगै सिमेन्ट र छडको प्रयोग नगरी पूर्णरूपमा पथ्थरबाट कलात्मक शैलीमा देवघाट दिव्यधाम मन्दिर निर्माण गरिने छ ।

- ADVERTISEMENT -

Advertisement

मन्दिर र आश्रमको गरि कुल लागत करिब २ सय करोड रुपैयाँ रहने ट्रस्टको अनुमान छ। निर्माणाधीन मन्दिरलाइ हजारौं वर्ष टिक्न सक्ने खालको संरचना तयार पार्ने लक्ष्य राखिएको डा. श्रीवास कृष्णदास ब्रह्मचारीले बताए ।

- ADVERTISEMENT -

Advertisement

जसमा ३६५ कोठाहरू रहनेछन्, वृद्ध मातापिताका लागि सुरक्षित, सुविधा सम्पन्न र धार्मिक वातावरण प्रदान गर्ने उद्देश्य छ। विश्व जागरण महाअभियान ट्रस्टका संस्थापक ईश्वरकृष्ण महाराजको सत्संकल्प र नेतृत्वमा निर्माणाधीन देवघाट दिव्यधाम र माता पिता सेवा आश्रमले धार्मिक, सामाजिक, र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण योगदान दिने विश्वास डा. भूर्तेलको छ। यो परियोजनाले वृद्ध मातापितालाई निःशुल्क आवासीय सुविधा मात्र नभई धार्मिक आस्था र शान्तिको वातावरण उपलब्ध गराउने उनको दावी छ।

- ADVERTISEMENT -

Advertisement

महोत्सवको सुरुवात पौष २४ मा नेपालका एकमात्र महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरिजी महाराज, १००८ स्वामी ज्ञानानन्द सरस्वतिजी महाराज, १००८ स्वामी श्री रमणानन्द गिरिजी महाराज, १००८ स्वामी श्री जगन्नाथाचार्यजी महाराज, तथा परमपूज्य श्री १००८ हरिशरण उपाध्यायजी महाराजको पवित्र आशीर्वाद र मार्गदर्शन र डा. श्रीवास कृष्णदास ब्रह्मचारीको संयोजकत्वमा सम्पन्न हुनेछ । महोत्सवमा करिब ३० लाख भक्तजनको सहभागिता हुने अपेक्षा गरिएको छ ।

महोत्सवमा देश विदेशका ख्यातिप्राप्त देवी प्रतिभा, यशोदा माताजी, अनुराधा पाण्डेय, ओम प्रकाश सुवेदी, लगाएत कथा वाचकहरूको दैनिक प्रवचन हुनेछ । विशाल पण्डालमा एकैपटक २० हजार भक्तजनले कथा श्रवण गर्न सक्ने व्यवस्था गरिएको डा. श्रीवास कृष्णदास ब्रह्मचारीले बताए। आयोजक समितिले देवघाट महा महोत्सवले नेपाललाई विश्वस्तरीय धार्मिक पर्यटकीय क्षेत्रको रूपमा चिनाउने विश्वास लिएको छ।

विश्व जागरण महा अभियान ट्रस्ट २०७१ सालमा दर्ता भइ धार्मिक, सामाजिक, र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको छ। ट्रस्टको नेतृत्वमा भरतपुर महानगरपालिका वडा नं. १, चितवनस्थित आश्रममार्फत विभिन्न धार्मिक, सामाजिक, र परोपकारी सेवाहरू सञ्चालन भइरहेका छ । यस आश्रमले स्थानीय मात्र होइन, देश विदेशबाट आउने भक्तजनहरूलाई समेत सेवा प्रदान गर्दै आएको ईश्वर कृष्ण महाराजा भनाई छ।

आश्रम परिसरमा पञ्चमुखी शिवलिङ्ग र भव्य राधाकृष्ण मन्दिर (शिषमहल) स्थापना गरिएको छ। दैनिक पूजाअर्चना, भजन कीर्तन, र प्रवचन कार्यक्रम यहाँ नियमित रूपमा सञ्चालन हुँदै आएका छन् । आश्रमले भक्तजनहरू र सेवाग्राहीहरूका लागि निशुल्क भोजन सेवा उपलब्ध गराइरहेको छ। भने यहाँ अहिले २२ जनाको संख्यामा वृद्ध बुवा आमाहरूले नियमित रूपमा आवास, भोजन र सेवा लिई रहनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -