कालिका, पुस २२- चितवनको इच्छाकामना गाउँपालिका मैतेसमा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि सहयोग गरिएको छ ।
कालिका–७ क्लवचोकमा रहेको धिरज कपडा तथा फेन्सी पसलका संचालक धिरजजंग रायमाझीले ४८ जना विद्यार्थीहरुलाई ५० थान टोपी, ७३ जोर चप्पल, १० दर्जन कपी, पेन्सील इलेजर कटर लगायतका समाग्री सहयोग गरेकाे विद्यालयका प्राधानाध्यापक मेघनाथ खनालले जानकारी दिए ।
- ADVERTISEMENT -

विद्यार्थीहरु चिसो मौषममा पनि खाली खुट्टा विद्यालय आइरहेको भन्ने सूचना पाएपछि आफुले सहयोग गरेको रायमाझीले बताए। आफुले विगतमा पनि विभिन्न स्थानमा रहेका वालवालिकाहरुलाई सहयोग गर्दै आएको बताउदै उनले यस पटकको सहयोग समाग्री वितरण गर्न आफु व्यस्तताका कारण उपस्थित हुन नसकेको बताए ।
- ADVERTISEMENT -
