रत्ननगर,पुस २२- पूर्वी चितवनको रत्ननगरमा सोमबार प्लाष्टिक व्यवस्थापन सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम गरिएको छ । देवी अभियानको आयोजना तथा डिभिजन वन कार्यालय भरतपुरको सहयोगमा आयोजित कार्यक्रमको वडा नं ४ का वडाध्यक्ष रामकुमार चौधरीले उद्घाटन गरेका थिए ।
वन तथा वातावरण जोगाउन महिलाहरुलाई प्लाष्टिक व्यवस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको देवी अभियानकी अध्यक्ष देवी अधिकारीले जानकारी दिइन् । सो अबसरमा वडाध्यक्ष चौधरीले प्लाष्टिक प्रयोगलाई न्यूनीकरण गर्दै लैजानु पर्ने बताए । प्लाष्टिकको प्रयोगले वातावरण संरक्षणमा चुनौति थपिएको भन्दै यसको न्यूनीकरणमा एकताबद्ध हुनुपर्नेमा जोड दिए । डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत देवीप्रसाद पौडेलले राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत समुदाय स्तरमा जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले देवी अभियानसंग सहकार्य गरी कार्यक्रम आयोजना गरिएको छ ।
- ADVERTISEMENT -

वन तथा वातावरण संरक्षणको कामलाई सहज बनाउन समुदाय केन्द्रीत कार्यक्रमलाई वार्षिक कार्यक्रमको रुपमा तर्जुमा गरिएको उनको भनाइ छ । कार्यक्रममा खैरहनी नगरपालिकाका वातावरण इन्जिनियर आशिष पौडेलले प्लाष्टिकको प्रयोग, वातावरणमा प्लाष्टिकले पार्ने असर र न्यूनीकरणका उपायहरुको बारेमा प्रशिक्षण दिएका थिए । विगतको तुलनामा प्लाष्टिकको प्रयोग घट्दै गएको भन्दै उनले वातावरण संरक्षणको लागि प्लाष्टिकको प्रयोग शुन्यमा झार्नुपर्ने बताए ।
- ADVERTISEMENT -

उनले प्लाष्टिकको प्रयोगका विषयमा सरकारले निर्धारण गरेको मापदण्डको बारेमा समेत सचेत गराएका छन् । देवी अभियानकी अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नं ४ का पूर्वजनप्रतिनिधि प्रेमप्रसाद रेग्मी, दुर्गाभवानी मन्दिरका अध्यक्ष गीतानाथ अधिकारी लगायतले मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रममा कलाकार पिताम्बर आचार्यको समेत उपस्थिति रहेको थियो । रत्ननगर वडा नं १ भक्तिनीबगैंचा स्थित दुर्गाभवानी मन्दिरका आयोजना गरिएको कार्यक्रममा ७५ जना महिलाहरु सहभागी थिए ।
- ADVERTISEMENT -
