भरतपुर, पुस २१- हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भरतपुर–११, गणेशस्थानमा रहेको सिद्धि जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरूलाई लक्षित गरी न्यानो कपडा वितरण गरेको छ।
संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले सहकारीको एक सिद्धान्त समुदायप्रतिको चासोलाई प्राथमिकतामा राख्दै संस्थाले विगतदेखि सामाजिक सेवाका क्षेत्रमा योगदान गर्दै आएको उल्लेख गरे । सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता गर्दै यस्तो कार्यक्रमले संस्थालाई समुदायसँग अझ नजिक बनाउने विश्वास व्यक्त गरे ।
- ADVERTISEMENT -

संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्दै संस्थाको परिचयसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले विद्यार्थीहरूको आवश्यकता पूरा गर्दै सामाजिक सेवामा मह¤वपूर्ण योगदान दिएकोमा संस्थालाई धन्यवाद दिए ।
- ADVERTISEMENT -

संस्थाकी सचिव शारदा शर्मा पौडेलले सहकारीले शिक्षा, स्वास्थ्य, र सामाजिक सेवामा गरेको निरन्तर प्रयासबारे चर्चा गरिन् ।
- ADVERTISEMENT -

कार्यक्रममा संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटाले सहकारीले चितवन जिल्लामा आर्थिक गतिविधिसँगै सामाजिक सेवामा पनि उल्लेखनीय कार्य गर्दै आएको बताए । उनले ६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको र यसले विद्यार्थीहरूको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने बताए ।
- ADVERTISEMENT -

कार्यक्रममा संस्थाका लेखा समितिका सदस्य कृष्णहरि तिमिल्सेना, सञ्चालक अनिता मैनाली, सूर्य बराल, होमनाथ सापकोटा, लेखा प्रमुख नवीना अधिकारी, विद्यालयकी प्रधानाध्यापक कमला पौडेललगायतको उपस्थिति रहेको थियो ।