भरतपुर, पुस २१- चितवन ईलेक्ट्रोनिक्स टेक्निसियन एसोसियसनको पाँचौ औं वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मेघाराज पाठकको सभापतित्वमा भएको कार्यक्रम सल्लाहकार सदस्य जय पहारीले सञ्चालन गरेका थिए ।
- ADVERTISEMENT -

कार्यक्रममा प्रमुख अतिथि जिल्लाका पुराना तथा अनुभवि टेक्निसियन र व्यवसायी गंगाप्रसाद शाह रौनियार रहेका थिए साथै चितवन मोबाइल व्यवसायी संघका अध्यक्ष श्रीधर रेग्मी , रेफ्रिजेरेसन एण्ड इलेक्ट्रो मेकानिकल संघ चितवनका कोषाध्यक्ष हिरा काफ्ले र ईलेक्ट्रोनिक्स व्यवसायी संघ चितवनका उपाध्यक्ष ताराप्रसाद घिमिरेहरुको उपस्थिती रहेको थिए ।
- ADVERTISEMENT -

संस्थाका सल्लाहकार तुलसीराम निउरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रमुख अतिथि साथै अन्य अतिथिहरुले संस्थाको हित साथै सम्पुर्ण टेक्निसियनहरुको अधिकार , अनुशासन साथै व्यवसाय प्रगतिको निमित्त काम गर्न सुझाव दिए ।
- ADVERTISEMENT -

कार्यक्रमको पहिलो चरणको अन्त्यतिर सम्पुर्ण अतिथिहरु र उत्कृष्ट कार्यसमिति सदस्यलाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।
- ADVERTISEMENT -
