सौजन्य बचत तथा ऋण सहकारीको बार्षिक साधारण सभा

January 5, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर, पुस २१- रत्ननगर नगरपालिका वडा नं. १० मा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा आइतबार गरिएको छ ।

साधारण सभाको कालिका नगरपालिकाका मेयर तथा सहकारीका संस्थापक अध्यक्ष विनोद रेग्मीले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । साधारण सभामा चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका अध्यक्ष धर्मध्वज लम्सालले आर्थिक कारोबारसंगै शेयर सदस्यको आर्थिक विकास, सामाजिक उत्तरदायित्व बहन र संस्थागत विकासलाई ध्यानमा राखेर योजना बनाइएको बताए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा संस्थाका अध्यक्ष लम्सालले प्रगति प्रतिवेदन, संस्थाकी कोषाध्यक्ष सविता आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो सहकारीको शेयर पुँजी रु ९९ लाख ७७ हजार , जगेडा कोषमा रु ७ लाख ९९ हजार ५ सय १८, बचत तथा निक्षेत दायित्व रु २ करोड ४९ लाख ५९ हजार ९ सय ६९ रहेको संस्थाकी सचिव अनिता अर्यालले जानकारी दिईन् । उनले यो बर्ष संस्थाको २ लाख ३४ हजार ३ सय ४ रुपैंया शुद्ध नोक्सान भएको जानकारी दिईन् ।

- ADVERTISEMENT -

Advertisement

सो अबसरमा प्रमुख अतिथि मेयर रेग्मीले सहकारीको विधि, नियम, कानुन अंगालेर कार्य गर्न आग्रह गर्दैै आर्थिक अबस्था कमजोर भएका शेयर सदस्यहरुको पहिचान गरी उनीहरुलाई उत्पादनसंग जोड्ने गरी लगानी गर्न आग्रह गरे । संस्थाका अध्यक्ष लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार समिति संयोजक केशब आचार्य, पूर्व लेखा समिति संयोजक बाबुराम गौतम लगायतको उपस्थिति रहेको थियो । संस्थाकी सचिव अनिता अर्यालले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष महादेव प्रसाद हुमागाईले स्वागत मन्तव्य राखेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -