कैलाश कोइरालाको उपन्यास `शास्त्र´ विमोचन

January 5, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर, पुस २१- नेपाली कांग्रेसका नेता तथा लेखक कैलाश कोइरालाको दोस्रो उपन्यास (शास्त्र)को गृह विमोचन तथा विमर्श गरिएको छ ।

दियालो फूडल्यान्ड भरतपुर–२ क्षेत्रपुरमा गरिएको कार्यक्रममा लेखकका पिता मनोहरि कोइराला, प्रमुख अतिथि नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल र कार्यक्रमका अध्यक्ष उदय अधिकारीले किताब विमोचन गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

सम्पूर्ण किताब नारायणगढले आयोजना गरेको कार्यक्रममा किताबका सन्दर्भमा रहेर गीता गुरुङ, प्रकाश अधिकारी, विजय सुवेदी र डाक्टर भोजराज अधिकारीले टिप्पणी राखेका थिए ।

- ADVERTISEMENT -

Advertisement

किताबमाथि बोल्दै इच्छाकामना गाउँपालिकाकी पूर्व अध्यक्ष गीता गुरुङले शास्त्रमा लेखक कोइरालाले राजनीतिक संस्कारको विषय उठान गरेको बताउनुभयो । त्यसैगरी प्रकाश अधिकारीले शास्त्रमा लेखकले पूर्वीय र पाश्चात्य दर्शनलाई समेटेर वैचारिक किताब बनाएको बताइन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमका प्रमुख अतिथि राजेश्वर खनालले चितवनको राजनीतिमा कोइराला परिवारको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै लेखकका पिताजी मनोहरि कोइरालाले नेपाली कांग्रेस चितवनको लागि गरेको योगदानको चर्चा गरे । सम्पूर्ण किताब नारायणगढले आयोजना गरेको कार्यक्रमलाई लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -