मेडिकल स्टकिष्ट क्लब अफ नारायणगढको १९औं वार्षिक साधारण सभा सम्पन्न

January 5, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, पुस २१- मेडिकल स्टकिष्ट क्लब अफ नारायणगढको १९औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विज्ञान पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका महासचिव नारायण पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष निर्मला थापामगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष प्रकाश गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

नेपाल औषधी व्यवसायी संघ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष शिव प्रसाद पण्डित प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ बागमती प्रदेशका थोक सदस्य कपिल सुवेदी, नेपाल औषधी व्यवसायी संघ चितवनका अध्यक्ष विनोदप्रसाद तिमिल्सिना, मेडिकल स्टकिष्ट क्लब अफ नारायणगढका पूर्व अध्यक्ष मेघनाथ पौडेल, आनन्द चालिसे, सल्लाहकारहरु रामहरी लम्साल, कल्याण जोशी लगायत सहभागी थिए ।

- ADVERTISEMENT -

Advertisement

साधारण सभापछि भएको घैंटो फुटाइ प्रतियोगितामा विश्वप्रसाद बास्तोला विजयी भए । उनलाई नगद पुरस्कार प्रदान गरिएको हो । साथै कार्यक्रममा थारु सांस्कृतिक नाच र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित समापन भएको हो । कार्यक्रममा ६५ जना सहभागी थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -