रत्ननगर नगरपालिकामा लोकसेवाको तयारी कक्षा सुरू

January 5, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर, पुस २१- रत्ननगर नगरपालिकाको आयोजना एवं लोकसेवा सारथि प्रालिको सहजीकरणमा ४५ दिने लोकसेवा आयोग तयारी कक्षा समुद्घाटन भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले पछिल्लो समय युवाहरुमा विदेश मोह बढ्दै गएकोले स्वदेशमै बसेर राष्ट्रसेवामा लाग्न प्रेरित गर्ने उद्देश्यले लोकसेवा आयोग तयारी कक्षा सुरू गरिएको जानकारी दिए । विदेश पलायन भई जिन्दगीभर विदेशीको दास बन्नुभन्दा असल राष्ट्रसेवक बनेर निजामती सेवामा प्रवेश गर्दा आत्मसम्मान र सन्तुष्टि दुवै मिल्ने उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

लोकसेवा तयारीका लागि ४५ दिनको समय अपुग भएमा थप कक्षाहरु सञ्चालन गर्न स्थानीय सरकार तयार रहेको बताउँदै चितवनको गरिमा बढाउने गरी सफलता हासिल गर्नसमेत उनले शुभेक्षा प्रकट गरे ।

- ADVERTISEMENT -

Advertisement

२८ वर्षभन्दा बढी निजामती सेवामा अनुभव हासिल गरेका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले दत्तचित्तका साथ विषयकेन्द्रित भएर एउटा असल राष्ट्रसेवक कर्मचारीका रुपमा सरकारी सेवा गर्ने सोच राखेर लोकसेवाको तयारी गर्न उनले सहभागी विद्यार्थीलाई आग्रह गरे ।

- ADVERTISEMENT -

Advertisement

लोकसेवा तयारीका क्रममा आफ्नो अनुभव सुनाउँदै उनले भने, ‘मैले दैनिक अठार घन्टासम्म लोकसेवा तयारीकै लागि खर्च गरेको छु । सुत्ने समयबाहेक अन्य समय लोकसेवाकै तयारीमा लागेको थिएँ । त्यही लगावले गर्दा मलाई सरकारी सेवामा लाग्ने अवसर मिल्यो ।’

- ADVERTISEMENT -

Advertisement

रत्ननगरमा लगातार तीन वर्ष रत्ननगर–१५ वडा कार्यालयले लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गरेको थियो । जसमा तीन जना उत्तीर्ण भई सरकारी सेवामा कार्यरत छन् । चितवनका मोहनबहादुर लम्साल एक उत्पादन हुन् । उनीसहित तीन जना रत्ननगर–१५ मा लोकसेवा आयोग तयारी कक्षामा सामेल भएका थिए ।

सो समयमा नगरप्रमुख सापकोटाले रत्ननगरबाट लोकसेवा उत्तीर्ण हुने विद्याथीलाई २० हजार रूपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए । सोहीमुताबिक लोकसेवा पास गरी हाल गण्डकी प्रदेशको सहायक चौथो तहमा सेवारत मोहनबहादुर लम्साललाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

प्रशासन शाखा प्रमुख सविता अर्यालले महिला सक्षम हुनका लागि आर्थिकरुपमा सबल हुनुपर्ने बताउँदै आफूले पनि बिहेपश्चात् लोकसेवा पास गरी सरकारी सेवामा लागेको अनुभव सुनाइन् । नगरपालिकाले लोकसेवा तयारीका लागि आवेदन माग गरेकोमा ११० जनाले निवेदन दिएको र अधिकांश महिला रहेको उनले जानकारी दिइन् ।

सो अवसरमा लोकसेवा सारथि प्रालिका सञ्चालक महेश घिमिरेले सार्वजनिक सेवामा प्रवेश गर्न चाहनेका लागि आफ्नो संस्थाले समन्वय गर्दै आएको र विगत छ वर्षदेखि ७०० जना विद्यार्थीका लागि शिक्षक सेवा, लोकसेवा, बैंकिङ सेवा र विषय विज्ञद्वारा तयारी कक्षा सञ्चालन गर्दै आएको बताए । उनले रत्ननगर नगरपालिकाले युवाका लागि सञ्चालन गरेको यस कार्यक्रम निकै प्रभावकारी रहेको उल्लेख गरे ।

कार्यक्रममा नगर उपप्रमुख यादवप्रसाद पाठकले लोकसेवा रहरले मात्र नभई पूर्णकालीनरुपमा सहभागी भई आफ्नो दक्षता प्रदर्शन गर्न विद्यार्थीहरुलाई आग्रह गरे । आफू असल भएमात्रै परिवार, समाज र देश असल बनाउन सकिने भएकाले सर्वोत्कृष्ट नतिजा हासिल गर्ने गरी तयारीमा जुट्न उनले मार्गनिर्देश गरे ।

आफू अस्ट्रेलिया भ्रमणका क्रममा बाबु मालिक रहेको कम्पनीमा छोरा र बुहारीले जागिर खाएको प्रसङ्ग सुनाउँदै सबैभन्दा ठूलो कामको सम्मान गर्नु रहेको र असल नागरिक भई राष्ट्रसेवा गर्नु रहेको बताए ।

यस्तै, रत्ननगर–१५ का वडाध्यक्ष आसिक तामाङले आफू निर्वाचित भइसकेपछि समाजमा सकारात्मक सन्देश प्रवाह गर्न लोकसेवा तयारी कक्षा सञ्चालन गरेको र अहिले नगरले नै आयोजना गर्दा त्यो सार्थक बन्दै गएको बताए । जनप्रतिनिधिसँग समाजले धेरै अपेक्षा गरेका हुन्छन्, स्रोत र साधनले भ्याएसम्म अपेक्षा पूरा गर्ने दिशामा नगरपालिका लागिपरेको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -