क्रिप्टोदेखि क्यासिनोसम्म सम्पत्ति शुद्धीकरणको निसानामा

January 4, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं पुस २०- सरकारले आधारदर्जन कसूरलाई सम्पत्ति शुद्धीकरणसम्बद्ध कसुर तोक्दै तीन निकायलाई नियमनकारी तोकेको छ ।

यसै साता (बिहीबार) राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम ६ कसुर र तीन नियामक तोकेको हो ।

- ADVERTISEMENT -

Advertisement

पुस पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण निवारणमा तीन निकायलाई नियमनकारी तोक्ने निर्णय गरेको थियो । पुस ५ गते नै यस्तो निर्णय भए पनि सरकारले औपचारिक रूपमा सूचना प्रकाशन गरिसकेको थिए । निर्णय भएको १३ दिनपछि राजपत्रमै सूचना छापेर सरकारले सम्पत्ति शुद्धीकरण कसुर र तोकिएका नयाँ नियामकबारे जानकारी गराएको हो ।

- ADVERTISEMENT -

Advertisement

मौजुदा ऐनको दफा ७ नम्बर को उपदफा (२)ले दिएको अधिकार प्रयोग गरी समन्वय समितिको सिफारिसमा विभिन्न वित्तीय संस्था तथा गैरवित्तीय पेशाकर्मी वा व्यवसायीसँग सम्बन्धित निकायलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोक्ने निर्णय भएको राजपत्रमा प्रकाशित सूचना उल्लेख छ ।

- ADVERTISEMENT -

Advertisement

ऐनको दफा ७ नम्बर (१) मा ‘ऐन बमोजिम सूचक संस्थाले कामकारबाही गरे वा नगरेको सम्बन्धमा प्रचलित कानुन बमोजिम स्थापित नियमनकारी निकायबाट नियमन तथा सुपरीवेक्षण हुने’ उल्लेख छ ।

- ADVERTISEMENT -

Advertisement

सरकारले तोकेका नयाँ नियामकले अब ती सूचक संस्थामाथि नै नियमन गर्नेछ । यस्ता नियामक तोक्नु सरकारले राष्ट्रिय समन्वय समितिको परामर्शमा कुनै निकाय वा नियमनकारी निकायको रूपमा रहेको कुनै संस्थालाई नियामक तोक्नसक्छ । त्यसपछि सो सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -