सकियो तेश्रो खैरहनी महोत्सव,उत्साहजनक भएको दावी

January 1, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खैरहनी,पुस १७- उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा संचालित तेस्रो खैरहनी महोत्सव बुधबार सकिएको छ ।

पुस ५ गतेदेखि सुरु भएको महोत्सवको एक समारोहका बीच समापन गरिएको हो । महोत्सवको समापन बागमती प्रदेश सभा सदस्य एवं पुर्व अर्थमन्त्री जे एन थपलियाको प्रमुख आतिथ्यतामा भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

पूर्वी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र, पर्यटन र संस्कृतिको प्रबर्द्धन गर्ने उदेश्यले आयोजित महोत्सवले उत्साह थप्दै सफल भएको संघका अध्यक्ष एवं महोत्सव संयोजक कुमार खनालले बताए ।

- ADVERTISEMENT -

Advertisement

आर्थिक मन्दिको असरलाई चिर्न र आशामा बदल्न महोत्सवले सहयोग गरेको उनले बताए । महोत्सवलाई मनोरञ्जन र ब्यवसायको रुपमा मात्र नलिइ बिकासको खोजी गरेको संयोजक खनालले दावी गरे ।

- ADVERTISEMENT -

Advertisement

संयोजक खनालले उद्योग ब्यवसायमा चुनौती रहेको भन्दै स्वदेशी उत्पादनलाई जोड,उपभोग्य बस्तुको गुणस्तर हेर्नुपर्ने , उद्योगि,ब्यवसायिको हक अधिकार स्थापित गर्ने निति निर्माण गर्न तिनै तहको सरकार गंभिर हुनुपर्ने बताए ।

- ADVERTISEMENT -

Advertisement

महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य एवं पुर्व अर्थमन्त्री जे एन थपलियाले संघको उदेश्य अनुरुप एकताका साथ महोत्सव गरेकोमा धन्यवाद दिए । यस्ता महोत्सवले साना र ठुला उद्यमिबिच भेट भई अनुभव आदानप्रदान हुने, आर्थिक चलायमान गराउने थपलियाले बताए ।

सो अवसरमा खैरहनी नगरपालिका प्रमुख शशी कुमार खनियाले मेला महोत्सव आयोजना गर्दा ब्यवसायको विश्लेषण गरेर तथा औचित्य प्रमाणित गरेर आगामी महोत्सवको कदम चाल्नु पर्ने सुझाव दिए ।

नगर प्रमुख खनियाले यहाँको उद्योग ,कृषि ,पर्यटन ,स्वास्थ्य ,शिक्षा,सामाजिक बिकास गर्न आवश्यक छ रहेको बताए । साथै उनले पुर्व चितवनको बिकासमा स्थानीय सरकार ,निजि क्षेत्र ,स्थानीयको सहकार्यमा हातेमालो हुनुपर्ने धारणा राखे ।

समारोहमा नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश उपाध्यक्ष गुणराज श्रेष्ठले स्थानीय सरकार ,प्रदेश सरकारको,निजि क्षेत्रको सहकार्यमा महोत्सव सफल भएको दावी गरे ।

संघका अध्यक्ष कुमार खनालको अध्यक्षतामा भएको समापन समारोहमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तारा बहादुर कार्की, संघका संस्थापक अध्यक्ष बलराम अर्याल,खैरहनी २ का वडा अध्यक्ष रोहिणी उप्रेती ,नेकपा समाजबादिका नगर अध्यक्ष सुर्यनारायाण पाठक ,राप्रपा नगर अध्यक्ष देवराज कडेल ,संघका वरिष्ठ उपाध्यक्ष अर्जुन लम्साल,महासचिव विनोद अर्याल लगायतले मन्तव्य राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -