रवि भट्ट
दुबई,पुस १६- दुबईमा आउँदो १२ जनवरी २०२५ मा पहिलो पटक नेपाली डिजाइनर तृष्णा गुरुङद्वारा डिजाइन गरिएका पहिरनमा चर्चित मोडलहरू र्याम्पमा प्रस्तुत हुने भएका छन।
- ADVERTISEMENT -

दुबईको चर्ल्तोन दुबई च्रेएक होटलमा डिजाइनर गुरुङले १५ वर्ष पछि भव्य फेसन शो आयोजना गर्न लागेकी हुन। कार्यक्रममा क्लासिक ब्यान्डको लाइभ म्युजिक र साथमा गुरुङका उत्कृष्ट डिजाइनमा सजिएका मोडलहरूले र्याम्पमा प्रस्तुति दिनेछन।
- ADVERTISEMENT -

यो इभेन्ट नेपाली फेसन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने कोशेढुंगा हुने विश्वास आयोजकहरूको छ। फेसन शोका लागि ंफचे ओफ ट्ग ब्रान्डंका एम्बेसेडर मिष्टर गुरुङ रहनुभएको छ भने महिला एम्बेसेडरको छनोट प्रक्रिया जारी छ। कार्यक्रममा चिफ एड भाइजरको रूपमा हेमराज मैनाली संलग्न रहनेछन्।
- ADVERTISEMENT -

मध्यपूर्वको केन्द्र दुबईमा नेपाली समुदायले आयोजना गर्न लागेको यो भव्य इभेन्टले नेपाल र नेपालीको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने विश्वास गरिएको छ। व्यवसायी तथा समाजसेवी सुबास न्यौपानेका अनुसार यस्ता कार्यक्रमहरूले नेपाली कला, संस्कृति, र प्रतिभालाई विश्वसामु चिनाउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ ।
- ADVERTISEMENT -

करिब ७ लाख नेपाली कार्यरत यूएईमा पछिल्लो समय होटल, रेस्टुरेन्ट, ब्यूटी पार्लर, र कन्सल्टेन्सी जस्ता व्यवसायहरूमा नेपालीहरू सक्रिय छन। श्रम गन्तव्यका रूपमा मात्र नभई, व्यवसायिक क्षेत्रमा समेत नेपाली समुदायको पहिचान मजबुत हुँदै गएको छ।
डिजाइनर तृष्णा गुरुङको फेसन शोले नेपाली फेसन उद्योगको सम्भावना र सिर्जनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने आशा गरिएको छ। यो कार्यक्रम नेपाली कला र फेसनप्रति अन्तर्राष्ट्रिय समुदायको दृष्टिकोण परिवर्तन गर्ने ऐतिहासिक अवसर बन्नेछ।
कार्यक्रमको अफिसियल मिडियाको रुपमा उद्धार न्यूज़ डटकम रहेको छ ।