रक्तदान सम्बन्धि सचेतना फैलाउन मिसन रेड अभियानको ‘स्टिकर अभियान’ कार्यक्रम

December 31, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,पुस १६- चितवनमा रक्तदान सम्बन्धि सचेतना फैलाउन मिसन रेड अभियानले ‘स्टिकर अभियान’ कार्यक्रम गरेका छ । देशभर देखिएको चरम रक्तअभाव समाधान गर्न जनस्वास्थ्य कार्यालय चितवन, रोटरी क्लब अफ चितवन, जिल्ला ट्राफिक कार्यालय चितवनलगायतका संघसंस्थाहरुको सहकार्यमा सोमबार स्टिकर तथा व्यानर टास्ने कार्यक्रम गरिएको हो ।

भरतपुको चौबिसकोठी चोकमा सञ्चालित कार्यक्रम मिसन रेडका संयोजक अर्जुन अधिकारीको अध्यक्षता एवं बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अभियानका अवसरमा स्थानिय छोटो दुरी तथा लामो दूरीका सवारी साधनहरुमा छ सयवटा साना ठूला स्टिकर टाँस गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

मिसन रेड अभियानमार्फत डिजिटल प्लेटफर्मबाट पनि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको छ । देशभर देखिएको चरम रक्तअभाव समाधान गर्न एसडी फाउन्डेसनले ब्लड डोनर्स सोसाइटी नेपालको सहकार्यमा २०८१ देखि सो अभियान सञ्चालन गरेको ब्लड डोनर्स सोसाइटी रत्ननगरका अध्यक्ष रमेश नेपालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

मिसन रेडले हालसम्म थुप्रै रक्तदान कार्यक्रम हरु तथा सचेतनामूलक कार्यक्रमहरु सम्पन्न गरिसकेको साथै पौष १९ गते भरतपुर अस्पताल परिसरमा मेरो पहिलो रक्तदान कार्यक्रम आयोजना गरेको संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गुरु कँडेललगायत विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -