कोरिया विमान दुर्घटना : मृत्यु हुनेको संख्या १२० पुग्यो

December 29, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सियोल, पुस १४- दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुगेको छ । दुईजनाको जिवितै उद्धार गरिएको जनाइएको छ ।

जेजु एयरद्वारा सञ्चालित बोइङ ७३७–८०० उडानमा १७५ यात्रु र ६ जना उडान दलका सदस्यसहित १८१ जना रहेका थिए । जसमा  १७३ दक्षिण कोरियाली र दुई जना थाइ नागरिक थिए ।

- ADVERTISEMENT -

Advertisement

बैंककबाट आएको उक्त विमान दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । विमान धावनमार्गबाट ​​बाहिर निस्केर मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको थियो ।

- ADVERTISEMENT -

Advertisement

उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको बीबीसीले जनाएको छ । विमानको ल्यान्डिङ गियर बिग्रिँदा दुर्घटना भएको अनुमान गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसैबीच, दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ मोकले मुआनलाई विशेष प्रकोप क्षेत्र घोषणा गरेका छन्।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -