१८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव : विजुलीकलीलाई हात्ती सुन्दरीको ताज

December 27, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,पुस १२- चितवनको सौराहामा जारी १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत शुक्रबार भएको हात्ती सुन्दरी प्रतियोगितामा सौराहाकी विजुलीकलीले हात्ती सुन्दरीको ताज पहिरिएकी छन् ।

प्रतिष्पर्धी चार वटा हात्तीलाई पछि पार्दै विजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन् ।

- ADVERTISEMENT -

Advertisement

४१ बर्षीय विजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका आबद्ध हात्ती हो ।

- ADVERTISEMENT -

Advertisement

३०० पूर्णाङ्कमा २२२ अंक प्राप्त गरी विजुलीकलीले सुन्दरीको ताज सुरक्षित गर्न सफल भएकी महोत्सव अन्तर्गतको खेलकुद तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

हात्ती सुन्दरी प्रतियोगितामा पुनमकली, पुजा कली, चम्पाकली र एकताकली सहभागी भएका थिए ।

- ADVERTISEMENT -

Advertisement

सुन्दरीप्रतियोगिताको निर्णायकले हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गार, आँखाको सुन्दरता, हिँडाई, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गरिने तिवारीले बताए ।

उनले नङ फुटे/नफुटेको, हिँडाइ लगायतका बारेमा मूल्यांकन गर्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -