सौराहामा हात्ती महोत्सवको तयारी तीब्र : पर्यटकलाई १० प्रतिशत छुट

December 23, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,पुस ८- चितवनको पर्यटकीय नगरी सौराहामा पौष ११ देखि सुरु हुने चितवन हात्ती तया पर्यटन महोत्सवको तयारी तीब्र पारिएको छ ।

क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा हुँदैछ ।

- ADVERTISEMENT -

Advertisement

चितवनको पर्यटन विकासका लागि सौराहामा हरेक बर्ष हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ ।

- ADVERTISEMENT -

Advertisement

रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नेछन् ।

- ADVERTISEMENT -

Advertisement

महोत्सवलाई भब्य बनाउन प्रचारप्रसार, मैदान तथा आन्तरिक व्यवस्थापनको काम तीब्र रुपमा भइरहेको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

महोत्सवको अबसर पारेर व्यवसायीहरुले आन्तरिक तथा बाह्रय पर्यटकका लागि १० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

व्यवसायीहरुले पौष १० देखि १६ गते सम्म क्षेत्रीय होटल संघ नेपाल र रेवान सौराहामा आवद्ध संदस्यहरुको होटल तथा रेष्टुरेण्टमा खाना र आवासमा १० प्रतिशत छुटको व्यवस्था गरिएको संघका अध्यक्ष गंगा गिरीले बताए ।

जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रुपमा परिचित चितवनको पर्यटनलाई उकास्न संघको आयोजना, यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि. र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा महोत्सव गर्न लागिएको हो ।

सौराहामा दुई दशक अघि देखि आयोजना गर्दै आएको महोत्सवका कारण सौराहा सहित चितवनमा हरेक वर्ष ४० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको अध्यक्ष गिरीले बताए ।

महोत्सवमा हुने गतिविधिले पर्यटन विकासको अलवा हात्तीको महत्व समेत उजागर गर्दै आएको भन्दै उनले अन्तराष्ट्रिय स्तरमा महत्व राख्ने पर्यटन महोत्सवको आफ्नै गौरवशाली इतिहास बोकेको बताए ।

हात्ती महोत्सव अन्तर्गत हात्तीको श्रृंगार, हात्ती वनभोज, हात्तीमैत्री फुटवल पेनाल्टी, हात्तीमैत्री म्यूजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगोदौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसंग वि.दु.वि गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तक्रिया कार्यक्रम हुने कार्यक्रम संयोजक रामकुमार अर्यालले जानकारी दिए ।

उल्लेखित विभिन्न गतिविधिमा सरकारी र निजी गरी करीव ८० वटा हात्ती सहभागी हुने जनाइएको छ । हात्ती तथा पर्यटन महोत्सव नजिकिदै गर्दा व्यवसायीहरुले सौराहालाई सिँगार्न थालेका छन् ।

सौराहाका मुख्य बजारहरुलाई आर्कषण बनाउने र होटल तथा रेष्टुरेन्टहरुलाई समेत सिंगार्न सुरु भइसकेको संघका सचिव महेश खनालले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -