पूर्वी चितवन विद्युत व्यवसायी संघकाे अध्यक्षमा चाैधरी चयन 

December 23, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,पुस ८- पूर्वी चितवन विद्युत व्यवसायी संघकाे अध्यक्षमा भुवन चाैधरी चयन भएका छन् । 

संघकाे बिहीवार सम्पन्न तेस्राे साधारण सभा तथा दाेस्राे अधिवेशनले चाैधरीकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे। संघकाे प्रथम उपाध्यक्ष उद्धव गाैतम, द्वितीय उपाध्यक्ष अमृत मिश्र, सचिवमा रामकुमार न्याैंपाने, काेषाध्यक्ष रामनाथ चाैधरी, सह-सचिव रामकृष्ण उप्रेती, सदस्यहरूमा कृष्ण प्रसाद न्याैंपाने, राजाराम खरेल, रूपनारायण चाैधरी, नन्द कुमार चाैधरी, गणेश नगरकाेटी र किशाेर शिंखडा सर्वसम्मत चयन भएकाछन् । 

- ADVERTISEMENT -

Advertisement

संस्थाका अध्यक्ष ओम प्रसाद चालिसेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल बिद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशनप्रसाद देवकाेटा प्रमुख अतिथि रहेका थिए । साे अबसरमा उनले व्यवसायिक सुरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने बताए । आर्थिक मन्दीका कारण निजी क्षेत्र कमजाेर बन्दै गएकाे भन्दै उनले सरकारले व्यवसायी जाेगाउने गरि याेजना ल्याउनु पर्नेमा जाेड दिए । 

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा रत्ननगर उवा संघ रत्ननगरका अध्यक्ष शंकर गिरी, संस्थाका सल्लाहकार तथा वडा नं. १३ का वडा अध्यक्ष पाेट वहादुर घिमिरे (सुवास), नेपाल विद्युत व्यवसायी महासंघका काेषाध्यक्ष प्रकाश चन्द्र पाण्डे, विद्युत व्यवसायी संघ चितवनका अध्यक्ष नवराज सुवेदी, वेलकम टेक्नाे प्रा. लि. का प्रवन्धक निर्देशक आसुताेष सिवाकाेटी, पूर्वी चितवन विद्युत व्यवसायी संघका सदस्य उद्धव भट्ट लगाएतले मन्तव्य राखेका थिए । 

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद पाैडेल र पूर्व अध्यक्ष पाेट वहादुर घिमिरे (सुवास) लाई कदर पत्र सहित सम्मान गरिएकाे थियाे । संस्थाका सचिव प्रकाश दुलालले कार्यक्रम सञ्चालन गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -