तेश्रो खैरहनी महोत्सव: दोश्रो दिन हजारौं दर्शकको भीड,भोलि चर्चित लोक गायक पशुपती शर्मा आउंदै

December 21, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खैरहनी,पुुष ६ – तेश्रो खैरहनी महोत्सवको दोश्रो दिन शनिवार हजारौं दर्शकले महोत्सवको अवलोकन गरेका छन्।

आयोजक उद्योग वाणिज्य संघ खैरहनीका अनुसार शनिवार करिव ९ हजार भन्दा वढि दर्शकले महोत्सव अवलोकन गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

विदाको दिन संगै चर्चित कलाकारहरुको उपस्थितीका कारण पनि दर्शकको उत्साहजनक उपस्थिती रहेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

शनिवार चर्चित गायक अर्जुन सापकोटा,सिर्जना खत्री हाउडेमायाको सांगेतिक प्रस्तुतीले दर्शकलाई झनै उत्साहीत वनाएको थियो । पुष १६ गते सम्म संचालन हुने महोत्सवमा यस पटक नयाँँ,पुराना चर्चित गायक गायिकाहरुलाई आयोजकले उतार्दै छ ।

- ADVERTISEMENT -

Advertisement

कला तथा सांस्कृतिक समिति संयोजक एवं संघका वरिष्ठ उपाध्यक्ष अर्जुन लम्सालका अनुसार आइतबार चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा र अस्मिता डल्लाकोटिको प्रस्तुति रहने छ ।

- ADVERTISEMENT -

Advertisement

यस पटकको महोत्सवमा महलाई प्राथमिकता दिईएको छ । महको वजार प्रवद्र्धन गर्ने उदेश्यले छुट्टै परिसर निर्माण गरिएको छ । महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिईएको छ ।

तेश्रो खैरहनी महोत्सवलाई थप आकर्षित वनाउन जीपलाईनको व्यवस्था,लदरी खोलामा वोटिङ,महिला कुस्तीलाई समावेश गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -