ब्लड डोनर्स सोसाइटी रत्ननगर अध्यक्षमा रमेश नेपाल सर्वसम्मत

December 21, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,पुस ६- ब्लड डोनर्स सोसाइटी रत्ननगर नगर समिति गठन भएको छ । शनिबार रत्ननगर नगरपालिकाको सभाहलमा भएको भेलाले नगर समितिको अध्यक्षमा रमेश नेपाल सर्वसमत चयन भएका छन ।

नव गठित नगर समितिले रगत अभावलाई मध्यनजर गर्दै रक्तदान गर्न उत्प्रेणा सुजना गर्ने खालका काम गर्न प्रमुख अतिथि समेत रहनु भएका रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले बताए ।

- ADVERTISEMENT -

Advertisement

रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा रत्ननगरमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको र थप स्तरवृद्धि गर्न तर्फ नगरपालिका लागेको बताउदै सवैलाई रक्तदान जस्ता कार्यमा लाग्न समेत आग्रह गर्नु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै स्वस्थ र उमेर पुगेका व्यक्तिले हरेक ३/३ महिनाको फरकमा रक्तदान गर्नु पर्ने प्रमुख सापकोटाले बताए ।

- ADVERTISEMENT -

Advertisement

नगर समिति गठन कार्यक्रमको अवसरमा सो समितिको संरक्षकको रुपमा नगर प्रमुख प्रलाद सापकोटालाई मनोनित गरेको छ । भने नगर प्रमुख सापकोटालाई जिल्ला अध्यक्ष एकराज बुर्लाकोटीकोले मनोनित पत्र समेत हस्तान्तरण गर्नुभएको थियो ।

- ADVERTISEMENT -

Advertisement

सो ब्लड डोनर्स सोसाइटीले “अभियान तपाईं हामी सबैको साझा सङ्कल्प एक घर एक रक्तदाता” भन्ने मूल नाराका साथ रगत ब्यबस्थापन र प्रभाककारी बनाउदै आएको नवनिर्वाचित अध्यक्ष नेपालले बताए । साथै “रक्तदाताको नगर-रत्ननगर” भन्ने मुल नाराका साथ नगरमा सदस्यता थप विस्तार गर्दै लैजाने नेपालले बताए ।

सो नगर समितिको उपाध्यक्षमा शिव रेग्मी , सचिवमा रामु पौडेल , सह सचिवमा एलिना ढकाल , कोषाध्यक्षमा मुक्तिनाथ सुवेदी र सह कोषाध्यक्षमा अनुपमा ढकाल चयन भएका छन । त्यस्तै कार्यसमिति सदस्यहरुमा गणेश नेपाल , रोशन पौडेल,कुमार लामिछाने , सुदिप अर्याल ,बिकास सिंखडा रहेका छन।

साथै उक्त नगर समितिको सल्लाहाकारमा रत्नप्रिय कल्वका अध्यक्ष एव समाजसेवी बसन्त राना र बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. मनद ज्ञयावली,नेपाल जेसिसका पूर्व कार्यकारिणी उपाध्यक्ष शिव प्रसाद भुसाल चयन हुनु भएको नगर समिति अध्यक्ष नेपालले बताए ।

सो नगर समिति गठन समारोहमा रत्ननगर नगरपालिका वडा न ३ का वडा अध्यक्ष सोहेन्द्रराज खरेल , वडा १० का वडा अध्यक्ष कलाधर पौडेल , रत्ननगर बकुलहर अस्पतालका मेसु डा. ज्ञवाली , रत्ननगर नगरपालिका स्वास्थय शाखा वासुदेव सापकोटा ,ब्लड डोनर्स सोसाइटी केन्द्रिय सल्लाहकार बालचन्द्र पोख्रेल ,संस्थापक अध्यक्ष अर्जुन अधिकारी , रत्नप्रिय क्लबका अध्यक्ष राना, नेपाल जेसिसका पूर्व कार्यकारिणी उपाध्यक्ष भुसाल, वातावरण अभियान्ता ज्ञयान्द्रे पाण्डे लगायतको उपस्थिति रहेको थियो । भने ब्लड डोनर्स सोसाइटी जिल्ला अध्यक्ष बुर्लाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -