खैरहनी महोत्सव पुस ५ गते देखि शुरु ,पर्यटन मन्त्री पाण्डेले उद्घाटन गर्ने

December 19, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खैरहनी,पुस ४- उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा पुस ५ गतेदेखि सुरु हुन लागेको तेस्रो खैरहनी महोत्सवको तयारी पूरा भएको छ।

सो महोत्सवको तयारी पूरा भएको आयोजक उद्योग बाणिज्य संघ खैरहनिले बुधबार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

- ADVERTISEMENT -

Advertisement

संघका अध्यक्ष एवं महोत्सव संयोजक कुमार खनालका अनुसार महोत्सवको लागि परिसर निर्माणको काम सकिएको , प्रचारप्रसार तीब्र पारिएको छ भने प्रमुख अतिथिको टुंगो लागेको छ ।

- ADVERTISEMENT -

Advertisement

परिसरमा कृषि प्रदशनी स्थलबाहेक २ सय बढी स्टल निर्माण गरिएको छ । स्टेज आकर्षक बनाईदैछ । महोत्सवको आवश्यक तयारी अन्तिम चरणमा पुर्‍याएका छौं,महोत्सव संयोजक खनालले भने- “प्रमुख अतिथिका रूपमा पर्यटन मन्त्री बद्री पाण्डे आउने टुंगो लागेको छ,शोभा यात्रामै उहाँलाई सहभागी गराइनेछ ।”

- ADVERTISEMENT -

Advertisement

तेस्रो खैरहनी महोत्सवको अवसरमा यस पटक पर्सा बजारमा पुस १३ गते देखि १५ गतेसम्म फूड फेस्टिबलको आयोजना गर्न लागिएको महोत्सव संयोजक खनालले बताए।

- ADVERTISEMENT -

Advertisement

फेस्टिवलमा स्थानीय जातजातिका खानाका परिकार ,कुखुराबाट बन्ने परिकारहरुलाई प्राथमिकता दिइएको उनले बताए । साथै सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिनेछ ।

व्यवसायिक साझेदारी प्रयास स्वरुप महोत्सवको प्रवेश टिकटको आधारमा म्याड्‌ङ्गो जनन्योति सिनेमा हल र मौलाकालिका केबलकारको टिकटमा ५०% छुटको व्यवस्था गरिएको छ ।

महोत्सवमा विभिन्न पेशा, व्यापार, उद्योग, व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थीवर्ग गरी करिव २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनु‌मान गरिएको छ ।

करिव एक करोड बाह्र लाखको लगानीमा सञ्चालन हुन लागेको महोत्सवमा सवारी साधनहरुसहित गरी करिव १५ करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष एवं कला,सांस्कृतिक समिती संयोजक अर्जुन लम्सालले यस पटक सांस्कृतिक कार्यक्रमलाई भब्य बनाउन प्रख्यात कलाकार,गायक,गायिकालाई ल्याउन लागिएको बताए ।

पत्रकार सम्मेलनमा उद्योग बाणिज्य महासंघ बागमती प्रदेश उपाध्यक्ष गुणराज श्रेष्ठ ,संघका पुर्व अध्यक्षहरु ,पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

महोत्सवको पुर्व सन्ध्यामा बिहीबार रोड रेश प्रतियोगिता आयोजना गरिएको छ । महोत्सव स्थलबाट सुरु हुने रेश नगरपालिका गेट,ज्यामिरे हुँदै महोत्सव परिसरमै आएर सकिनेछ ।

प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार,७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -