ड्रिम कृउ एजुकेशन सर्भिसेजको सेवा आफ्नै भवनबाट

December 15, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,मंसिर ३०- चितवनको रत्ननगरमा मुख्य कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आएको ड्रिम कृउ एजुकेशन सर्भिसेज प्रा.लिले आफ्नै भवनबाट सेवा सुरु गरेको छ

२०७८ सालदेखि टाँडीचोकमा घरभाडामा लिएर सेवा प्रदान गर्दै आएको सो संस्थाले आइतबार देखि रत्ननगर वडा नं २ अस्पताल रोडमा आफ्नै भवन निर्माण गरी सेवालाई निरन्तरता दिएको हो ।

- ADVERTISEMENT -

Advertisement

आइबार विहान आयोजित औपचारिक कार्यक्रमका बीच वडा नं २ का वडाध्यक्ष राजेन्द्रप्रसाद घिमिरे, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी र प्रा.लि.का अध्यक्ष दीपेन्द्र पुरीले सयुक्त रुपमा नयाँ कार्यालयको उद्घाटन गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

अध्ययनको लागि विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक तथा भिषा परामर्श, भाषा तालिम र छात्राबृत्तीको लागि सार्थक पहल गर्दै आएको सो संस्थाले युके, अमेरिका, क्यानडा, अस्टेलिया, जापान र युरोपका विभिन्न देशमा विद्यार्थी पठाउदै आएको प्रा.लि.का उपाध्यक्ष रामचन्द्र लामिछानेले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष घिमिरेले अध्यायनका लागि विभिन्न देशमा जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्शसंगै ड्रिम कृउ एजुकेशन सर्भिसेजले आत्मनिर्भरताको लागि युवाहरुलाई सीप विकासका कार्यक्रम समेत सञ्चालन गर्न सुझाब दिए ।

- ADVERTISEMENT -

Advertisement

उवासंघका अध्यक्ष गिरीले संस्थाले गर्ने सेवालाई प्रभावकारी बनाउदै युवा स्वरोजगारका कार्यक्रम ल्याउन आग्रह गरे ।

प्रा.लि.का अध्यक्ष पुरीले आर्थिक अबस्था कमजोर भएका विद्यार्थीहरुलाई विदेशमा रहेका कलेजहरुमा छात्राबृत्तीको लागि प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

शैक्षिक परामर्शसंगै छात्राबृत्ती उपलब्ध गराउने विषयलाई हामीले जोड दिएका छौं उनले भने विदेशमा पाइने छात्राबृत्ती अधिकाँस विद्यार्थीलाई उपलब्ध गराउने उद्देश्य रहेको छ ।

उनले विद्यार्थीहरुबाट सामान्य शुल्क लिएर सेवा प्रदान गर्दै आएको बताए ।

प्रा.लिका प्रबन्ध निर्देशक सुरज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा धार्मिक तथा शैक्षिक व्यक्तित्व जगदिशचन्द्र शर्मा लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -