रत्ननगर,मंसिर ३०- रत्ननगरको पिठुवामा रहेको पिठुवा सामुदायिक सिकाई केन्द्रको भवन शिलान्यास गरिएको छ । भवनको आईतवार एक समारोह बीच वडाध्यक्ष हेमराज थापाले शिलान्यास गरेका हुन्।
रत्ननगरको वडा नं. १४,१५ र १६ ( साविक पिठुवा गाविस) कार्यक्षेत्र रहेको केन्द्रले सिपमुलक जनशक्ति उत्पादन गर्ने उद्देश्यले आफ्नै भवन निर्माण गर्न लागेको अध्यक्ष नेत्र घिमिरेले जानकारी दिए।
- ADVERTISEMENT -

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट विनियोजित बजेट रु. २० लाख बाट भवनको निर्माण सुरुवात गरिएको हो।
- ADVERTISEMENT -

पुस्तकालय, आईसीटी ल्याब सहित छ कोठे, दुईतले भवन निर्माणको लागी ५० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ। भवन निर्माणको लागि नपुग रकम नगरपालिका र प्रदेश सरकारसँग माग गरिने अध्यक्ष घिमिरेले जानकारी दिए।
- ADVERTISEMENT -
